विश्व बक्सअफिसमा ‘द नन्’ शीर्ष स्थानमा, नेपालमा कमजोर कमाइ

0

कन्ज्युरिङ सिरिज ‘द नन्’ विश्व बक्सअफिसमा प्रभावशाली देखिएको छ । लगातार दोस्रो साता पनि फिल्म शीर्ष स्थानमा छ । ‘द प्रिडेटर’ रिलिजले पनि हरर फिल्मलाई प्रभाव पारेन ।

दोस्रो सातामा फिल्मको कमाइ २२८.७ मिलियन अमेरिकी डलर छ । विश्वका ६२ फिल्म बजारबाट ‘द नन्’ले उक्त कमाइ गरेको हो । रोमानिया, स्पेन, युक्रेन र ब्राजिलसहित १८ विदेशी बजारमा यस कमाइलाई कन्ज्युरिङ सिरिजकै अहिलेसम्मकै सर्वाधिक लिइएको छ ।

७२ विदेशी बजारमा रिलिज भएको साइन्स फिक्सन एवं एक्सन ड्रामा ‘द प्रिडेटर’ले पहिलो सप्ताहन्त ३०.७ मिलियन डलर कमाइ गरेको छ । ‘द नन्’ले नेपाली बक्सअफिसमा चाहिँ राम्रो कमाइ गर्न सकेन । पहिलो साता यसले नेपालमा २५ लाख नेरु ग्रस कमाएको थियो ।

Share.

About Author

Leave A Reply