असोज २४ वा ३० : ‘छक्का पञ्जा ३’ लाई रिलिज डेट टुंग्याउन हम्मे

0

अहिले ‘छक्का पञ्जा ३’लाई एउटै कुराको पिरलो छ । त्यो हो : प्रदर्शन मिति । सिंगो टीम नै रिलिज डेटको माथापच्चीमा छ । शनिबार रिलिज मिति सार्वजनिक हुँदैछ तर यो समाचार लेख्दासम्म डेट तय छैन ।

अहिले टीमभित्र दुई कुरामा मत विभाजन छ । असोज २४ (घटस्थापना) वा ३० गते (फूलपाति)मा रिलिज डेट घोषणा गर्ने ? निर्माता एवं अभिनेता दीपकराज गिरीले यी दुई डेटमध्ये कुनै एकलाई रिलिज मिति लक्ड गरिने जानकारी दिए ।

छक्का पञ्जा ३ कै रिलिज डेटमा अर्को फिल्म जय भोले समेत निर्भर छ । निर्देशक एवं निर्माता अशोक शर्माले घुमाउरो ढंगमा छक्का पञ्जा ३ कै डेटमा आउने संकेत गरेका छन् । तर, छक्का पञ्जालाई अहिलेसम्म रिलिज डेटले यस्तो तनाव चाहिँ दिएको थिएन ।

Share.

About Author

Leave A Reply