‘क्याप्टेन मार्भल’ पोस्टर-ट्रेलर रिलिज : हलिउड बदलिएको संकेत

0

सम्भवतः मार्भल स्टुडियो प्रशंसकलाई खुशि बनाउने मुडमा हुनुपर्छ । अघिल्लो फिल्म ‘एभेन्जर्स ः इन्फिनिटी वार’मा आफ्ना प्रिय सुपरहिरो गुमाउनुपर्दाको फ्यानको पीडा मार्भलले बुझेको छ सायद । यही कारण हुनुपर्छ, स्टुडियो सन् १९९० को ‘क्याप्टेन मार्भल’मार्फत घडीको सुईलाई बिपरित दिशामा घुमाउँदैछ ।

आगामी मार्च २०१९ लाई रिलिज मिति घोषणा गर्दै मार्भलले अस्कर विजेता अभिनेत्री ब्राय लार्सन स्टारर फिल्मको ट्रेलर लन्च गरेको छ । जसमा लार्सनलाई सुपरवुमनको भूमिकामा देख्न सकिन्छ । ट्रेलरको प्रशंसा विश्वव्यापी छ र लार्सनको भविष्य हलिउडमा उज्यालो रहेको टिप्पणी व्यक्त भैरहेका छन् ।

आधा ज्यान क्रि र आधा ज्यान मान्छे स्वरुप भएकी लार्सनले दुई एलियन विश्वसँग संघर्ष गर्नुपर्छ । त्यसपछि मात्र ऊ पृथ्वीमा फर्कन्छे । भिजुअल इफेक्ट, संघर्ष र हिरोइनइज्मलाई ट्रेलरमा चित्रण गरिएको छ । भिलेन थानोसलाई पराजित गर्न स्यामुल एल ज्याक्सनसँग टीमअप गरेको ट्रेलरमा देखाइएको छ ।

डिज्नेले आगामी मार्च २०१९ मा फिल्मलाई नेपाल रिलिज गर्दैछ ।

Share.

About Author

Leave A Reply