इन्टुमिन्टु लन्डनमा : टाइटल गीतमा साल्सा करियोग्राफी (भिडियो)

0

रेनशा बान्तवा राई आफैमा कुशल नृत्य निर्देशक । उनी नृत्यमा प्रयोग गर्न रुचाउँछिन् । उनले पहिलोपटक निर्देशकको रुपमा डेब्यु गरेको फिल्म ‘इन्टु-मिन्टु लन्डनमा’ समेत एउटा प्रयोग देख्न पाइनेछ ।

फिल्मको ओरजिनल साउन्ड ट्रयाकमा मुख्य एक्टर्ज साम्राज्ञी शाह र धीरज मगरलाई फिचर्ड छन् । यी दुबैले साल्सा नृत्य प्रस्तुत गरेका छन् । पहिलोपटक घरेलु फिल्ममा साल्साको प्रयोग भएको हो । ग्लसी र डान्स स्टेपले गर्दा सुजिल कर्माचार्यको कम्पोजमा तयार गरिएको ओएसटी दर्शनीय लाग्छ ।

शुक्रबार रिलिज हुने लागेको रोमान्टिक ड्रामालाई लन्डनमा सेटमा खिचिएको हो । आइकोर फिल्मसले निर्माण गरेको फिल्म मल्टिप्लेक्ससहित एकल पर्दामा समेत रिलिज हुँदैछ । हेर्नूस भिडियो :

Share.

About Author

Leave A Reply