आलिया भाटले दुईजना नेपाली दर्शक भेट्ने (भिडियोसहित)

0

दुई भाग्यमानी नेपाली दर्शकले बलिउड अभिनेत्री आलिया भाट र अभिनेता बरुण धवनलाई भेट्न पाउने भएका छन् । ११ मार्चमा रिलिज हुने सिनेमा ‘बद्रीनाथकी दुल्हानियाँ’को प्रवद्र्धन फुटेजलाई सम्बोधन गर्दै उनीहरुले यस्तो अफर प्रदान गरेका हुन् ।

भिडियोमा बरुणले नेपालमा यो शशांक खैतन निर्देशित सिनेमा १ सय पर्दाबाट रिलिज हुन लागेको बताएका छन् भने आलियाले फिल्म हेर्ने दर्शकमध्ये दुईलाई भेट्ने उल्लेख गरेकी छन् ।

दुई दर्शकलाई गोलाप्रथाको माध्यमबाट छानिने र वितरण कम्पनीकै खर्चमा मुम्बई पठाउने भएको छ । करण जोहरले निर्माण गरेको यो फिल्मलाई रोमान्टिक र कमेडी जानरामा राखिएको छ । सिनेमालाई नेपालमा गोपिकृष्ण मूभिजले वितरण गर्दैछ ।

Share.

About Author

Leave A Reply