इन्टु-मिन्टु स्टार धीरज मगर आइकोरका थप दुई फिल्ममा अनुबन्धित

0

क्रेज, बक्सअफिस गणित र अनुशासन । यी तीन गुणले हेर्दा लाग्छ, धीरज मगर पुस्ताका नयाँ स्टार हुन् । शुक्रबार उनी अभिनित ‘इन्टु मिन्टु लन्डनमा’ फिल्म हलमा ल्यान्ड भयो ।

फिल्मले दुई दिनमै २ करोड कमाउनु डेब्यु ब्वाइका लागि लोभलाग्दो उपलब्धी हो । अर्को ठूलो उपलब्धी ः उनी आइकोर फिल्मसका आगामी दुई मेगाप्रोजेक्टमा अनुबन्धित छन् ।

२०१९ र २०२० का दुई फिल्ममा मगर स्टार हुनेछन् । तर, एउटा सर्तसहित, यी दुई फिल्म रिलिज नभएसम्म उनले अरु होमप्रोडक्सनका फिल्म गर्न पाउनेछैनन् । आइकोर र मगरबीचको सहमति हो यो ।

कोरियन लुक्स, युट्युव स्टार र मिजास । धीरज मगरलाई मनपराउन यी तीन गुण नै पर्याप्त छन् । यस्तो लाग्छ, नेपाली मध्यमवर्गीय किशोरी र युवती धीरजलाई प्रेमी बनाउन चाहन्छन् । जसको अपिलिङ ‘इन्टु–मिन्टु लन्डनमा’ पोखियो ।

के अनमोल केसीको विकल्प खुला भएको हो ? के प्रदीप खड्कामाथि अर्को प्रतिस्पर्धा थपिएको हो ? के नेपाली फिल्म अभिनेतामा आत्मनिर्भर हुनेतर्फ अग्रसर भएको हो ? सम्भवतः धीरज मगरसँग यी प्रश्नको उत्तर हुनुपर्छ ।

Share.

About Author

Leave A Reply