‘गेम अफ थ्रोन्स’ अभिनेत्री नेपालमा सहयोगी हात बढाउँदै

0

‘गेम अफ थ्रोन्स’ विश्वमै सर्वाधिक भ्यूज भएको हलिउड टिभी सिरिज मानिन्छ । यसैसाता यसले बेस्ट टिभी ड्रामाको एमी अवार्ड जित्यो । तर, कमैलाई थाहा छ, यसकी एक मुख्य पात्र नेपाली हुन् भनेर ।

अवश्य पनि, अमृता आचार्य यसकी लिड एक्ट्रेस । उनै अमृता यसपटक भने आफ्नो देश नेपालका लागि सहयोग हात लिएर उभिएकी छन् । उनले नेपालमा बाल पुनस्र्थापना केन्द्र र उद्दार केन्द्र खोल्न सहयोग गर्ने भएकी छन् ।

लन्डनस्थित सामाजिक संस्था छोराछोरी फाउन्डेसन र अमृता मिलेर पुनस्र्थापना केन्द्रमा जुटेका हुन् । यसका लागि उनीहरुले ८० हजार पाउन्ड खर्च जुटाउन क्रिसमस च्यालेन्ज नामक क्याम्पेन थालेका छन् । जसमा अमृताले सहयोग गर्नेछिन् ।

उक्त संस्थाले बालहिंसा, बलात्कार र दुव्र्यहारविरुद्ध काम गर्ने जनाइएको छ । उनले ट्वीटरमा पनि यसबारे उल्लेख गरेकी छन् । गेम अफ थ्रोन्समा इरी नामक पात्रले चर्चित उनलाई नर्वेली क्राइम ड्रामा ‘एक्वीटेड’ले समेत थप चिनाएको छ ।नयाँवर्ष २०१९ र क्रिसमस छेकोमा नेपाल घुम्न आउने योजनामा अमृत रहेको जनाइएको छ ।

Share.

About Author

Leave A Reply