रेखा थापा र कोमल ओली राप्रपा केन्द्रिय सदस्यमा निर्वाचित

0

अभिनेत्री रेखा थापा र कोमल ओली राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । मंगलबार राजधानीमा उक्त दलको एकीकृत महाधिवेशन सम्पन्न भएको थियो ।

दुबैले उम्मेदवारको खुला प्रतिस्पर्धामा भाग लिएका थिए । रेखाले १६ सय र कोमलले १८ सय मत प्राप्त गरिन् । चलचित्र संचारकर्मी प्रकाश सुवेदी भने पराजित भएका छन् ।

पहिलोपटक रेखाले औपचारिक राजनीति थालेकी छन् । कोमलले राप्रपामा लाग्नु पछाडि २० वर्ष लामो रेडियो नेपालको जागिर पनि छाडेकी हुन् । यी दुबै सेलेब्सले महाधिवेशनमा आफ्नो पब्लिसिटी तीव्र तुल्याएका थिए ।

Share.

About Author

Leave A Reply