नेपालमा भएका अर्जुन कपुरलाई बरुण धवनको यस्तो ठट्टा, नेपाली नागरिकता लिएकोदेखि फिल्म खेल्नेसम्म

0

एक महिनादेखि अर्जुन कपुर पोखरामा छन् । तालनगरीमा ‘इन्डियाज् मस्ट वान्टेड’ छायांकन भैरहेको छ । यतिसम्मकी, रिलिज हुन लागेको ‘नमस्ते इंग्ल्यान्ड’ प्रमोसन समेत कपुरले पोखरादेखि गरिरहेका छन् ।

उनका हितैषी अभिनेता वरुण धवन र अनुष्का शर्माले भने अर्जुनलाई ठट्टा गर्न बाँकी राखेनन् । वरुण र अनुष्का अभिनित ‘सुई धागा : मेड इन इन्डिया’ हलमा चलिरहेको छ ।

यही क्रममा, यी दुईले अर्जुन नेपाली नागरिक भएको भन्दै ठट्टा गरेका छन् (भिडियोमा हेर्नूस) । अर्जुनले नेपाली नागरिकता लिएको, अबदेखि नेपाली फिल्म खेल्ने र बलिउड छाडेको भन्दै भिडियोमा ठट्टा गरेका छन् ।

हेर्नूस भिडियो :

Share.

About Author

Leave A Reply