अनमोल–सुहाना फिचर्ड ‘ए मेरो हजुर ३’ पोस्टर लन्च : रिलिज मिति घोषणा

0

अनमोल केसी स्टारर ‘ए मेरो हजुर ३’को अफिसियल प्रदर्शन मिति घोषणा भएको छ । आगामी चैत २९ (१२ अप्रिल, २०१९) मा फिल्म प्रदर्शन हुने जानकारी निर्माण कम्पनीले दिएको हो ।

दुई नयाँ पोस्टर समेत रिलिज भएका छन् । निर्देशक झरना थापाले छोरी सुहाना र अनमोल फिचर्ड पोस्टर फेसबुकमार्फत लन्च गरेकी हुन् । उनले फिल्मांकन सुरु भएको जानकारी दिँदै दशैं शुभकामना समेत व्यक्त गरेकी छन् ।

सुहानाको यो डेब्यु प्रोजेक्ट हो । उनकै नाममा रहेको ब्यानरमा फिल्म बनेको हो । उनी अनमोलकोे अपोजिटमा प्रस्तुत हुनेछिन् । पोस्टरमा दुई पात्रको रोमान्टिक मुड स्थापित प्रयत्न गरिएको छ ।

फागुन १७ गते अनमोलको ‘क्याप्टेन’ समेत रिलिज हुँदैछ । एक महिनाकै अन्तरालमा उनका दुई फिल्म रिलिज हुनेछन् ।

Share.

About Author

Leave A Reply