दशैं लगत्तै ‘क्यूएफएक्स वान-स्टप’ हल संचालन हुँदै

0

मुलुकको ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले थप तीन हल विस्तार गर्दैछ । दशैं लगत्तै बिर्तामोडमा ‘क्यूएफएक्स वान–स्टप’ संचालन हुँदैछ ।

झन्डै साढे तीनसय क्षमताको उक्त हलमा दुई अडिटोरियम छन् । टुके प्रोजेक्सन जडान गरिएको हलमा जेबीएल ध्वनी प्रविधि समेत हुनेछ ।

पश्चिम र मध्य नेपालमा यसअघि नै सेवा संचालन गरेको क्यूएफएक्सले पहिलोपटक पूर्वमा हल चलाउन लागेको हो । बिर्तामोडपछि चाँडै भक्तपुर र भैरहवामा समेत फ्रेन्चाइज विस्तार हुँदैछ ।

अहिले काठमाडौंमा ५ र मोफसलमा तीन हल संचालनमा छन् । अहिले नेपाली फिल्म बजारको कूल कारोबारको झन्डै आधा हिस्सा क्यूएफएक्सले ओगट्छ ।

Share.

About Author

Leave A Reply