मिस नेपाललाई नयाँ अन्तराष्ट्रिय फ्रेन्चाइज, महिमा सिंह पहिलो मिस सुप्रन्यासनल

0

मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरले अर्को एक अन्तराष्ट्रिय सुन्दरी प्रतियोगितासँग सहकार्य घोषणा गरेको छ । आयोजित २३ औं वार्षिकोत्सवमा संस्था प्रमुख गोपाल कक्षपतिले मिस सुप्रन्यासनलसँग फ्रेन्चाइज लिइएको बताए ।

उक्त अवसरमा महिमा सिंहलाई पहिलो मिस नेपाल सुप्रन्यासनल विजेता घोषणा गरियो । प्रमुख कक्षपतिले सिंहलाई ताज लगाइदिए । मिस नेपाल २०१८ की नम्बर एक प्रतिस्पर्धी रहेकी सिंहले आफ्ना लागि यो नतिजा अनपेक्षित रहेको भन्दै खुशि व्यक्त गरिन् ।

मिस नेपालको २४ औं वर्षगाँठ समेत सेलिव्रेट गरियो । पूर्वमिस नेपालहरु र हिडन ट्रेजर सदस्यले केक काटेर खुशि साटे । अहिले संस्थासँग मिस वल्र्ड, मिस युनिभर्स, मिस अर्थ र मिस इन्टरनेसनलका फ्रेन्चाइजहरु छन् ।

Share.

About Author

Leave A Reply