अर्को दशैंमा अशोक शर्माको ‘रातो टीका निधारमा’

0

निर्देशक एवं निर्माता अशोक शर्माको ‘जय भोले’ फूलपातिको दिन मंगलबार रिलिज भयो । उनले फिल्मसँगै अर्को एक सरप्राइज दिए । उनले ‘रातो टीका निधारमा’ फिल्म घोषणा गरेका छन् ।

घोषणा पनि फिल्म समापनको कास्टिङ लाइनमार्फत । फिल्म अन्त्यमा उनले आगामी प्रोजेक्ट उल्लेख गर्दै २०७६ सालको दशैंमा प्रदर्शन हुने बताएका छन् ।

मूभिमान्डुसँग कुरा गर्दै शर्माले आफूले नै उक्त फिल्म निर्देशन गर्ने बताए । ‘कथाको कन्सेप्ट तयार छ, म आफै निर्देशन गर्दैछु’ उनले भने, ‘कास्ट कसलाई लिने निश्चित भैसकेको छैन ।’

आफूले विगतदेखि नै फिल्मको कास्टिङ लाइनमार्फत प्रोजेक्ट घोषणा गर्ने गरिरहेको र ‘जय भोले’मा पनि त्यसलाई निरन्तरता दिएको बताए ।

Share.

About Author

Leave A Reply