नेपालमाथि अर्को फिल्म लेख्दै अस्कर मनोनित निर्देशक एरिक भ्याली

0

एरिक भ्याली निर्देशित नेपालमै छायांकन गरिएको फिल्म ‘क्याराभान’ अस्करको विदेशी भाषी फिल्म विधातर्फ मनोनयन भयो । उनी निर्देशित फिल्म ‘बियोन्ड द क्लाउड्स’ आगामी महिना नेपाल रिलिज हुँदैछ, जुन भूकम्प पछाडिको वस्तुस्थितीमाथि केन्द्रित छ ।

आइतबार उक्त फिल्म भव्य प्रिमियर क्यूएफएक्स कुमारी हलमा भयो । सो अवसरमा अस्कर मनोनित निर्देशक भ्यालीले नेपालप्रति आफ्नो माया पुष्टि गर्ने प्रयास गरे ।

‘बियोन्ड द क्लाउड्स’मा एरिकले वास्तविक भूकम्प पीडित पात्रलाई चित्रण गरेका छन् । उत्तरी गोरखामा छायांकन गरिएको फिल्मलाई दर्शकले रुचाउनसक्छन् । सोही ठाउँकी एक महिलाको जीवनमाथि आफूले फिल्म बनाउन लागेको घोषणा एरिकले गरे ।

आगामी वर्षदेखि उक्त फिल्मको छायांकन सुरु हुने जानकारी उनले दिए । साथै, नेपाल चलचित्र निर्माता संघले एरिकलाई मानार्थ सदस्यता दिने तयारी थालेको छ ।

Share.

About Author

Leave A Reply