हलिउड फेसन डिजाइनर प्रबल गुरुङ तिहार मनाउन काठमाण्डू

0

प्रबल गुरुङका लागि पछिल्लो वर्ष निकै व्यस्त रहे । न्यूयोर्क फेसन विक, अस्कर अवार्ड, ग्रामीसहितका ठूला इभेन्टमा उनका डिजाइनले मन जिते । खासगरि, न्यूयोर्क फेसन विकमा उनको डिजाइन रुचाइयो ।

गुरुङ भूकम्पको बेला काठमाडौं आइपुगेका थिए । उनी सँधैजसो आफू हुर्किएको थलो नेपाल आउँछन् र घुम्छन् । हलिउडका यी ए–वान डिजाइनर तिहार मनाउन काठमाडौं आउँदैछन् ।

उनी न्यूयोर्कबाट प्रस्थान गरिसकेका छन् । ट्वीटरमार्फत उनले निजी भ्रमण रहेको भन्दै छोटो यात्रा उल्लेख गरेका छन् । बानेश्वरस्थित उनको घरमा दिदी र आमा बस्छन् । उनले दिदीकै हातबाट टीका लगाउनेछन् ।

नेपाल बसाइका दौरान प्रबल हिमाली यात्रा अथवा माउन्टेन फ्लाइटमा जान सक्छन् । जुन उनको रुचि हो । नेपालमा उनले खोलेको शिक्षा फाउन्डेसनले फोटो प्रदर्शन पनि गर्दैछ, जसमा उनी सहभागि हुनसक्छन् र उस्तै परे काठमाडौंमा अन्तक्रिया समेत हुनसक्छ ।

Share.

About Author

Leave A Reply