मेरा सिनेमाले पैसा कमाउनुपर्छ : निश्चल बस्नेत (भिडियो)

0

निर्देशक निश्चल बस्नेतले सिनेमाको प्राथमिक उद्देश्य पैसा कमाउनु हुनुपर्नेमा जोड दिएका छन् । उनीद्धारा निर्देशित प्रतीक्षित सिनेमा लुटको दोस्रो सिक्वेल रिलिज छेकोमा उनले कलाको आर्थिक पक्षमा जोड दिए ।

‘म मेरा फिल्मले पैसा कमाउनुपर्छ भन्नेमा विश्वास गर्छु र कमर्सियल कन्टेन्ट उत्पादनमा जोड दिन्छु’ सम्पादक विष्णु शर्मासँग उनले भने, ‘प्राथमिक कुरा दर्शक आउनु हो, जति धेरै दर्शक हलमा आउन सके, उति नै कलाको क्षेत्र विस्तार हुनु हो ।’

बजारले आफ्नो सिर्जनामाथि दबाब सिर्जना नगरेको तर्क गर्दै उनले यो कुरा व्यक्तिमा निर्भर हुने बताए । लुट २ लाई लिएर दर्शकले राखेको उच्च अपेक्षाले आफूमाथि दबाब सिर्जना गरेको समेत बताए ।

हेर्नूस उनीसँगको पूर्ण भिडियो संवाद :

Share.

About Author

Leave A Reply