मिस नेपाललाई सहयोगी हात, हङकङबाट जुट्यो ७ लाख

0

मिस नेपाल श्रृंखला खतिवडा विश्व सुन्दरी प्रतियोगिताको तयारीमा जुटेकी छन् । तिहार भाइटीकाको भोलिपल्ट उनी चीनको सान्या उड्नेछिन् जहाँ उनले देश चिनाउन प्रयत्न गर्नेछिन् ।

यतिबेला भने यी डिभालाई मिस वल्र्डकै एउटा महत्वपूर्ण विधा ‘ब्युटी विथ प्रपोज’का लागि तयार हुनुछ । जसका लागि उनले मकवानपुरको एउटा दुर्गम गाउँमा स्वास्थ्य चौकी स्थापना गरेकी छन् । यसका लागि उनलाई सहयोगी हात समेत मिलेको छ ।

हिडन ट्रेजरमा सोमबार आयोजित प्रेसमिटमा श्रृंखलालाई मिसेस हङकङको तर्फबाट ७ लाख नगद सहयोग प्रदान गरियो । प्रतिनिधि लक्ष्मी गुरुङ र करुणा प्रधान श्रेष्ठले हिडन ट्रेजर प्रमुख गोपाल कक्षपति र श्रृंखलालाई नगद सहयोग हस्तान्तरण गरे ।

मकवानपुर कैलाश गाउँपालिकास्थित चेपाङ गाउँमा अहिले स्वास्थ्य चौकी बनिरहेको छ । ४० लाख लागतमा भवन निर्माण भएको छ । यो प्रयत्नलाई श्रृंखलालाई मिस वल्र्ड प्लेटफर्ममा देखाउन चाहन्छिन् ।

प्रेसमिटमा बोल्दै खतिवडाले नेपाललाई विश्वमाझ चिनाउन आफूले निकै प्रयत्न गरिरहेको बताइन् । ‘यहाँहरुको साथ र मायाले झनै ऊर्जा मिलेको छ’ उनले भनिन् ।

Share.

About Author

Leave A Reply