मीटु प्रकरणमा नेपाल आइडल र एपीवानले मागे माफी : यसरी सिर्जियो विवाद

0

मी–टु मुभमेन्टलाई टेलिभिजन रियालिटी सो नेपाल आइडलमा मजाक बनाइँदा विवाद सिर्जिएपछि प्रसारण संस्था एपीवान टेलिभिजनले माफी मागेको छ ।

गत विहिबार फिल्म ‘चंगाचेट’ प्रवद्र्धनको क्रममा अभिनेता एवं टिभी होस्ट सन्दीप क्षेत्रीले नेपाल आइडलमा मी–टुलाई लिएर व्यंग्य गरेका थिए । (उक्त एपिसोडको भिडियो तल हेर्न सक्नुहुन्छ) ।

बुधबार बिहान ट्वीटरमार्फत एपीवानले माफी मागेको हो । नेपाल आइडल टीम तथा एपीवान तर्फबाट माफी मागिएको उल्लेख छ । उसले सबै प्रकारको यौन हिंसा र दुव्र्यहारको विरोध गर्ने पनि जनाएको छ ।

‘हामी पुन दोहाराउँछौं, अन्नपूर्ण मिडिया नेटवर्क कुनैपनि प्रकारको यौन हिंसा दुव्र्यहारको सदैव विरोध गर्दछ’ ट्वीटमा उल्लेख छ । कार्यक्रममा सन्दीप क्षेत्रीले होस्ट रीमा विश्वकर्मालाई अंगालो मार्न खोज्दा उनले मीटु भनेकी थिइन् ।

Share.

About Author

Leave A Reply