आज काग तिहार ! जान्नूस हजार हलिउड फिल्म खेलेको एउटा सेलेव्रिटी कागको कथा

0

काग तिहारको अवसरमा सबैलाई शुभकामना । तपार्ईंलाई थाहा छ, ‘जिम्मी’ नामको एउटा कागले झन्डै हजार हलिउड फिल्ममा अभिनय गरेको छ । सन् १९३० देखि ५० सम्मका हलिउड फिल्ममा उक्त काग दृश्यहरुमा प्रस्तुत थियो ।

कागको नामै राखिएको थियो : जिम्मी । हलिउडका उत्कृष्ट निर्देशक र प्रशिक्षकले उक्त कागलाई अभिनय सिकाएका थिए । सन् १९३८ मा बनेको ‘यु कान्ट टेक इट वीद यु’मार्फत उक्त कागले अभिनयमा डेब्यु गरेको थियो । उक्त फिल्मलाई फ्रान्क काप्राले निर्देशन गरेका थिए ।

पछि आफूले निर्देशन गर्ने सबैजसो फिल्ममा काप्राले उक्त कागलाई रोल दिन थाले । उनी निर्देशित ‘इट्स वन्डरफूल लाइफ’मा उक्त कागलाई अंकल बिल्लीको घरपालुवाको भूमिकामा देख्न सकिन्छ । त्यसपछिका दुई हिट फिल्म ‘द स्केयरक्रो’ र ‘द विजार्ड अफ उज’मा समेत त्यस कागले अभिनय गरेको छ ।

सन् १९३४ मा मोजिभ मरुभूमिमा फेला परेको उक्त कागलाई लस एन्जल्स ल्याएर अभिनय तालिम सिकाइएको थियो । चिठी खोल्ने र मोटरसाइकलमा चढ्नेजस्ता तामिल दिइयो । जिम्मी नामको उक्त कागलाई चराको बौद्धिक क्षमताको रुपमा हलिउडमा अथ्र्याइएको छ । हिन्दु धर्मग्रन्थमा भने कागलाई मृत्युका राजा यमराजको सन्देशवाहक चराको रुपमा लिइन्छ र तिहारमा पुजा गरिन्छ ।

स्टुडियो फिल्म अभिनयमा चर्चित बनेपछि मेट्रो गोल्डिनका मेयरले जिमी कागलाई १० हजार अमेरिकी डलर दिएका थिए । सन् १९५४ मृत्यु भएको जिमी कागको अन्तिम फिल्म चाहिँ ‘थ्री रिङ सर्कस’ थियो । आजसम्म बाँचेको भए जिमी कागको उमेर डेढसय वर्ष हुन्थ्यो ।

Share.

About Author

Leave A Reply