करन जोहर ‘कुछ कुछ होता है’ सिक्वेल बनाउँदै

0

बीस वर्षपछि के करन जोहर ‘कुछ कुछ होता है’को सिक्वेल बनाउने मुडमा पुगेका हुन् ? बलिउड हंगामाका अनुसार धर्मा प्रोडक्सनले सिक्वेल बनाउनेबारे सोचिरहेको छ ।

‘करनले निकटवर्तीलाई आइडिया बताइसकेका छन् । उनले यसबारे अझै काम गर्नुपर्नेछ । सम्भवतः चाँडै फिल्म घोषणा हुनेछ’ फिल्मबारे स्रोतले भन्यो ।

यदि फिल्म बन्यो भने, उनले कुन कुन कलाकार लेलान् ? सम्भवतः टाइगर श्रफ, आलिया भाट र दिशा पटानी मुख्य भूमिकामा हुनसक्छन् । यसबारे फाइनल भैसकेको छैन । ‘तख्त’मा व्यस्त भएकाले करनले आफै भने फिल्म निर्देशन गर्नेछैनन् ।

Share.

About Author

Leave A Reply