दीपिका–रणवीर विहे : हेर्नूस ताजा तस्विर

0

दीपिका पादुकोण र रणवीर सिंहबीच इटालीको एउटा समुन्द्री रेष्टुरेन्टमा बुधबार विहे भएको छ । सुरक्षाका लागि करोडौं खर्चिइएको विहे समारोहमा केही तस्विर मात्र लिक्ड भएका छन् ।

यी दुई बलिउड स्टारले कोनकानी परम्पराअनुसार विवाह गरे । यतिबेला विहेमा बधाइ दिन भारतीय फिल्मी जगतका हस्ती इटाली पुगेका छन् । निर्माता करन जोहरले ‘नजर उतार लो’ भन्दै ट्वीट गरे ।

ताजा फूलले सजाइएको होटल र मण्डप, लाइभ म्युजिक, आतसवाजी र झिलिमिलीले ‘दीप–वीर’ विहे दन्त्यकथाजस्तै देखिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

विहेमा पुगेका सबैले सुनौलो र सेतो पहिरन लगाएका थिए । रणवीर सेतो र सुनौलो पहिरनमा राजसी ठाँटमा देखिए । कोन्कानी खाना नै विहेमा व्यवस्था थियो ।

Share.

About Author

Leave A Reply