पाण्डोरा ग्रह सयर गर्ने दर्शकको चाहना चाँडै पुरा हुने भएको छ । निर्देशक जेम्स क्यामरुनले ‘अवतार’का दुई सिक्वेलको छायांकन सकेका छन् ।
भिडियो सन्देश जारी गर्दै उनले अवतार २ र ३ को पोस्टप्रोडक्सन प्रगतिबारे जानकारी गराए । ‘आज हामीले महत्वपूर्ण स्टन्ट दृश्य कैद गर्दैछौं । हाम्रा मुख्य कलाकारले आफ्नो काम सके’ उनले भने ।
सामुअल वर्थिङटन, जोय साल्दाना, सिगर्नी वेभर, स्टेफन ल्याङ र केट विन्सलेट मुख्य भूमिकामा छन् । मुख्य कलाकारले काम सकेपनि, केही दृश्य भने खिच्न बाँकी रहेको जनाइएको छ ।