‘मुनलाइट’ अस्करमा सर्वोत्कृष्ट, ‘लाला ल्यान्ड’ ६ विधामा (पूर्णसूचि)

0

उपन्यासमा आधारित ड्रामा ‘मुनलाइट’ यसवर्षको अस्कर अवार्डमा सर्वोत्कृष्ट सिनेमा घोषित भएको छ । गल्तीवश ‘लाला ल्यान्ड’को नाम घोषणा गरिएपछि माफी माग्दै फिर्ता लिइएको थियो । यसले गर्दा अस्कर स्टेजमा तनावको अवस्था सिर्जना भयो ।

यसवर्ष पनि उत्कृष्ट फिल्म र उत्कृष्ट निर्देशक भिन्न फिल्मको पोल्टामा गए । झन्डै डेढघन्टा चलेको अस्कर समारोहमा ‘लाला ल्यान्ड’ निर्देशक डेमियन चेजिल सर्वोत्कृष्ट बने । ३२ वर्षे उनले अस्कर इतिहासमा सर्वाधिक कान्छो उमेरमा निर्देशक अवार्ड जित्ने रेकर्ड रचे ।

लाला ल्यान्डले सर्वोत्कृष्ट निर्देशक, अभिनेत्री, छायांकन, पाश्र्वध्वनी, मौलिक गीत, प्रोडक्सन डिजाइन विधामा जित्यो । एमा स्टोनले लाला ल्यान्डबाट उत्कृष्ट अभिनेत्री अवार्ड जितिन् । यसवर्ष विश्वका चर्चित अवार्ड जितेको लाला ल्यान्डलाई मुनलाइटले उछिनेपछि धेरैका लागि आश्चर्यको विषय बन्यो ।

अनुमानअनुसार नै यसपटकको अस्करमा इरानी फिल्म द सेल्सम्यान सर्वोत्कृष्ट बन्यो । डोनाल्ड ट्रम्पले मुस्लिम बहुल मध्यपूर्वका सात देशका नागरिकलाई अमेरिका भ्रमणमा रोक लगाएपछि क्रुद्ध भएका सेल्सम्यान निर्देशक असगर फरादीले लिखित सन्देश पठाए ।

उनले आफ्नो अनुपस्थिती अमेरिका जान नपाएका सबै इरानी नागरिकप्रति सम्मान रहेको बताए । यसपटक अस्कर समारोह ट्रम्प विरोधी देखियो । संचालक जिम्मी केमेलले ट्रम्पविरुद्ध व्यंग्य कसे ।

हेर्नूस पूर्ण सूचि :
सिनेमा : मुनलाइट
अभिनेत्री : एमा स्टोन (लाला ल्यान्ड)
अभिनेता : केसी एफलेक (म्यानचेस्टर बाइ द सी)
निर्देशक : डेमिनय चेजिल (लाला ल्यान्ड)
सहायक अभिनेत्री : भियोला डेभिस (फेन्सेज)
सहायक अभिनेता : मार्सल्ला अली (मुनलाइट)
प्रोडक्सन डिजाइन : लाला ल्यान्ड
एडप्टेड पटकथा : मुनलाइट
मौलिक पटकथा : म्यानचेस्टर बाइ द सी (केनेथ लोनेरगान)
छायांकन : लाला ल्यान्ड (लाइनस सान्डग्रेन)
भिजुअल इफेक्ट : द जंगल बुक
मेकअप र केश विन्यास : सुसाइड स्क्वाड
कस्ट्युम डिजाइन : फ्यान्टास्टिक बिट्स
एनिमेटेड फिचर : जुटोपिया
एनिमेटेड सर्ट : पाइपर
ध्वनी सम्पादन : अराइभल (सिल्भिय बेलमेर)
ध्वनी मिश्रण : हक्सा रिज
डकुमेन्ट्री फिचर : ओजे मेड इन अमेरिका
विदेशी भाषी फिल्म : द सेल्सम्यान (इरान)
सम्पादन : हक्सा रिज (जोन गिलबर्ट)
ओरजिनल सङ : लाला ल्यान्ड (सिटी अफ स्टार्ज)
ओरजिनल स्कोर : जस्टिन हरविच (लाला ल्यान्ड)
लाइभ एक्सन सर्ट : सिङ
डकुमेन्ट्री सर्ट : द ह्वाइट हेलमेट्स

Share.

About Author

Leave A Reply