अवार्ड मंचमै ‘ए मेरो हजुर ३’ सुटिङ, अनमोल क्यारेक्टर लुक्समै स्टेजमा

0

शनिबार ललितपुरमा कामना फिल्म अवार्ड भयो । अनमोल केसीले ‘कृ’बाट अवार्ड जिते । धेरैलाई थाहा नहुन सक्छ, जुनियर केसीले ट्रफी उचाल्दै गर्दा उनी स्टारर ‘ए मेरो हजुर ३’ छायांकन भयो ।

केसी फिल्मकै पात्र कस्ट्युम र लुक्समा मञ्चमा उत्रिएका थिए । स्टेज वरपर र दर्शक दीर्घामा क्यामेरा खडा गरिएका थिए । हलभित्रै ड्रोन उडाएर सुट गरियो । लिड क्यामेराम्यान संजय लामा फिल्म सुट गरिरहेका थिए ।

यसबारे सहभागि अतिथिलाई थाहा दिइएको थिइएन । निर्माता सुनिलकुमार थापाले पनि फिल्म सुट गरिएको जानकारी दिए । यसको अर्थ, अवार्ड अघि नै जुनियर केसीले उत्कृष्ट अभिनेताको ट्रफी उचाल्ने पक्का थियो ।

निर्माता थापाका अनुसार ‘ए मेरो हजुर ३’ पूर्वनिर्धारित मिति चैत २९ मै रिलिज हुनेछ । पोखरा एक साता र काठमाडौंमा दुई दिन फिल्मांकन बाँकी छ । फिल्मलाई झरना थापा निर्देशन गरिरहेकी छन् ।

Share.

About Author

Leave A Reply