हलिउडभन्दा पहिल्यै काठमाडौंमा, ‘आक्वाम्यान’को नेपाल पर्खाइ

0

डीसी कमिक्समा आधारित ‘आक्वाम्यान’ यस्तो पहिलो हलिउड फिल्म हुनेछ जुन हलिउडभन्दा पहिल्यै नेपाल रिलिज हुनेछ । नेपालमा यो फिल्म २८ मंसिरमा रिलिज हुनेछ र अमेरिकामा त्यसको सातदिनपछि ।

सुपरहिरोको रुपमा जेसन मोमोआको यो पहिलो सोलो फिल्म हो । जसले गर्दा दर्शकबीच उनको क्रेज अहिले चुलिएको छ । भारतमा समेत यस फिल्म प्रतीक्षित बनिरहेको छ ।

आक्वाम्यान हलिउडभन्दा पहिल्यै नेपाल रिलिज हुनुपनि निकै ठूलो कुरा हो । नेपालसहित यो फिल्म भारत र बेलायतमा समेत सँगै प्रदर्शन हुनेछ । जेसन मोमोआ, एंबर एर्ड, प्याट्रिक विल्सन र निकोल किडम्यान स्टारर फिल्मलाई नेपालमा गोपिकृष्ण मूभिजले रिलिज गर्न लागेको हो ।

यस फिल्मको लोकप्रियताको अनुमान चिनियाँ बक्सअफिसमा यसको पहिलो सप्ताहन्त कमाइलाई लिएर पनि लगाउन सकिन्छ । सुरुआती दिनमै २४.६ मिलियन अमेरिकी डलर कमाइ गरेको थियो । आशा गरौं, नेपाली बक्सअफिसमा समेत फिल्म सुपरहिट हुनेछ ।

Share.

About Author

Leave A Reply