‘न यता न उता’ ट्रेलर लन्च, माघ २५ मा रिलिज तय

0

माघ २५ गतेलाई रिलिज मिति तय गर्दै कमेडी फिल्म ‘न यता न उता’ले ट्रेलर सार्वजनिक गरेको छ । बुधबार काठमाडौंमा आयोजित प्रेसमिटमा ट्रेलर लन्च गरियो ।

समिरमणी दीक्षित, ऋचा शर्मा र मिराज रोशको मुख्य अभिनय रहेको फिल्मले विहेका लागि लन्डन पुगेका दुई नेपालीको संघर्षको कथा भन्छ । ट्रेलरलाई कमेडी प्याक्ड तुल्याइएको छ ।

राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, नम्रता सापकोटा, सिल्सा जिरेल, कमलमणी नेपाल, जीवन भट्टराईको समेत अभिनय छ । मिराज रोश र विशारद बस्नेत निर्देशक हुन् ।

हेर्नूस ट्रेलर :

Share.

About Author

Leave A Reply