‘गोपी’ ट्रेलर लन्च : पर्दामा आदर्श किसानको कथा

0

बिपिन कार्की स्टारर सोसल ड्रामा ‘गोपी’ले ट्रेलर लन्च गरेको छ । बुधबार राजधानीमा आयोजित प्रेसमिटमा ट्रेलर सार्वजनिक भयो ।

माघ १८ गते रिलिज हुने फिल्ममा कार्कीसहित वर्षा राउत, सुरक्षा पन्त, भोलाराज सापकोटा, अंकित खड्का लगायतको अभिनय छ ।

दीपेन्द्र लामाको कथा एवं निर्देशन रहेको फिल्मलाई आरोही केसी र श्रीधर पौडेलले निर्माण गरेका हुन् । पटकथा सामिप्यराज तिमल्सिनाको रहेको छ । स्नातक उत्तिर्ण युवकले गाइपालनका लागि गरेको संघर्ष फिल्मको कथावस्तु हो ।

हेर्नूस ट्रेलर :

Share.

About Author

Leave A Reply