‘सयकडा दश’ ट्रेलर रिलिज

0

राजाराम पौडेलले निर्माण गरेको फिल्म ‘सयकडा दश’ले ट्रेलर रिलिज गरेको छ । आइतबार राजधानीमा आयोजित समारोहमा सामाजिक सन्देशसहितको ट्रेलर सार्वजनिक गरियो ।

पहिलोपटक यसै फिल्मबाट कार्यकारी निर्माता बनेका पौडेलले पैसाको नाफाभन्दा देशको नाफालाई प्राथमिकतामा राखेको बताए । ‘जिन्दगीमा रहरले फिल्म खेलेँ, पैसा कमाउन खेलेँ । तर, सयकडा दश खेलेपछि आत्मादेखि सन्तुष्ट र गर्व महसुस भैरहेको छ’ उनले भने ।

‘नाफा नआएपनि केही छैन । देशमा भएको भ्रष्टाचार उन्मुलन गरेमात्र त्यो नै नाफा हो । त्यही भएर कार्यकारी निर्माता बनेको हुँ’ पौडेल सुनिए, ‘मैलेभन्दा पनि देशले प्रोफिट कमाउनुप¥यो ।’ उनले विशेषगरि युवालाई सयकडा दश हेर्न आग्रह गरे । फिल्ममा राजाराम भ्रष्टाचारी अधिकृतको भूमिकामा देखिएका छन् ।

पौडेलले आइतबार प्रेसमिटमै जन्मदिन सेलिव्रेट गरे ।

निर्देशक रामशरण पाठकले समाज र राजनीतिसँग फिल्मको कथावस्तु सीधै जोडिएकाले दर्शकले अपनत्व महसुस गर्ने बताए । प्रेम भर्सेस भ्रष्टाचार बटमलाइन रहेको फिल्मलाई स्वयम पाठकले लेखेका हुन् ।

कार्यक्रममा ढिलो गरि पुगेका अभिनेता मनोज गजुरेलले शुभकामना दिन भ्याए । उक्त अवसरमा अध्यक्ष पुष्कर लामा लगायत चलचित्र प्राविधिक संघ (नेफ्टा)का नवनिर्वाचित कार्यसमितिलाई सम्मान प्रदान गरियो ।

अमृत ढुंगाना, करुणा श्रेष्ठ, उत्सव न्यौपाने, सोनिया राई, अमित पोखरेल, रवि डंगोल, रस्मी भट्ट समेत मुख्य भूमिकामा छन् । दर्शन नेपाल क्रिएसनको ब्यानरमा निर्माण भएको फिल्मलाई रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय र सञ्जीव न्यौपानेले निर्माण गरेका हुन् । फिल्मलाई घरमा भन्दा पहिले नेपाली भाषी बहुल म्यानमार र थाइल्यान्ड विश्व प्रिमियर गरिने भएको छ । नेपालमा माघ १८ गते फिल्म रिलिज हुँदैछ ।

Share.

About Author

Leave A Reply