अमेरिकी दुतावासले सोध्यो : नेपालको आधिकारिक फिल्म अवार्ड कुन हो ?

0

काठमाडौंस्थित अमेरिकी दुतावासले सरकारसँग आधिकारिक फिल्म अवार्डबारे जानकारी मागेको छ । उसले चलचित्र विकास बोर्डसँग झन्डै डेढसय जति अवार्ड अमेरिकामा गर्ने प्रस्तावको ओइरो आएको भन्दै आधिकारिकता खोजेको हो ।

जवाफमा बोर्डले आफूले आयोजना गर्ने राष्ट्रिय चलचित्र अवार्डलाई नै आधिकारिक मान्न समेत जानकारी दिएको छ । पछिल्लो समय नामै नसुनिएका संस्था, व्यक्ति र संगठनले अमेरिका अवार्ड गर्ने भन्दै दुतावासमा आवेदन दिइरहेका छन् ।

यसको अर्थ, दुतावास अवार्ड र फिल्मको आधिकारिताको व्याख्यामा कठोर बनेको बुझ्न सकिन्छ ।

Share.

About Author

Leave A Reply