अदिती बुढाथोकी फरहान अख्तरको वेब सिरिज ‘इनसाइट एज २’मा अनुबन्धित

0

फरहान अख्तरले निर्माण गर्ने वेव सिरिज ‘इनसाइड एज २’मा नेपाली एक्ट्रेस अदिती बुढाथोकी तय भएकी छन् । इन्डियन एक्सप्रेसले समाचारलाई पुष्टि गरेको छ । 

क्रिकेट सम्बन्धी यो सिरिजमा विवेक ओवरोय समेत हुने जनाइएको छ । फरहानले आफ्नो ब्यानर एक्सेल इन्टरटेनमेन्ट र रितेश सिदवानीको इन्टरटेनमेन्ट प्रालिसँग मिलेर सिरिज बनाउन लागेका हुन् ।

‘मेरा लागि निकै महत्वपूर्ण भूमिका छ र उत्साहित पनि छु । मलाई फरहान सरको कमाइ गराइ शैली मनपर्छ । उहाँसँग काम गर्नु मेरो प्रगतिको एउटा टिकट हो’ बुढाथोकीले वक्तव्यमा भनेकी छन् ।

यो सिरिजले भारतीय क्रिकेट र त्यसको अँध्यारो पाटो चित्रण गर्छ । अदिति पछिल्लो समय अनमोल केसी स्टारर नेपाली फिल्म ‘कृ’मा प्रस्तुत थिइन् । सिरिजले गर्दा उनको नेपाली फिल्म कमब्याकमा ढिलाइ हुनसक्छ ।

Share.

About Author

Leave A Reply