दीपकराज गिरीको फिल्मलाई दीपेन्द्रले निर्देशन गर्ने

0

दीपकराज गिरीले निर्माण गर्न लागेको नयाँ फिल्मको निर्देशकमा दीपेन्द्र लामा तय भएका छन् । गिरीले आगामी दशैंमा रिलिज हुने फिल्मको निर्देशकमा लामा फाइनल भएको जनाएका हुन् ।

अंग्रेजी नयाँवर्ष २०१९ को शुभकामना दिँदै गिरीले रोहित अधिकारी फिल्मससँग सहकार्य गर्न लागेको पनि उल्लेख गरे । कलाकार र प्राविधिक छनौट हुने जानकारी उनले दिए ।

भद्रगोल टीमसँग फिल्म निर्माणका लागि छलफल भैरहेपनि तय नभएको जनाइएको छ । लामाले निर्देशन गर्ने फिल्मको नाम फाइनल छैन र यसलाई आमा सरस्वती मूभिजको ब्यानरमा निर्माण गर्ने तयारी छ ।

Share.

About Author

Leave A Reply