२८ वर्षपछि ‘पिरतीको मीठो तिर्सना : हेर्नूस ‘वीर विक्रम २’ गीत

0

२८ वर्षपछि दर्शकले फिल्म देउताको ब्लकबस्टर गीत ‘पिरतीको मीठो तिर्सना’ सुन्न पाएका छन् । मिलन चाम्स निर्देशित ‘वीर विक्रम २’ले इतिहासको लोकप्रिय ट्रयाकलाई रिमिक्ससहित रिलिज गरिदियो ।

राजेश हमाल र सिर्जना बस्नेत नाचेको, रञ्जित गजमेरले निर्देशन गरेको, कुसुम गजमेर र तुलसी घिमिरेले लेखेको गीत ‘युट्युव’ नभएको बेला समेत सुपरहिट रह्यो ।

रिमिक्स संस्करणलाई चाहिँ ताराप्रकाश लिम्बु र मेलिना राईले स्वरबद्ध गरेका छन् । पल शाह, नाजिर हुसेन र वर्षा शिवाकोटी फिचर्ड गीतलाई मुस्ताङको हिमाली सौन्दर्यको ल्यान्डस्केपमा खिचिएको छ ।

निर्देशक चाम्सले यस गीतले नयाँ र पुरानो पुस्तालाई जोड्ने बताए । ‘त्यस गीतको मीठास अहिले पनि छ र नयाँ पुस्ताले रुचाउनेछ’ उनले मूभिमान्डुसँग भने ।

रिलिज मिति तय नभएको फिल्मलाई चाम्सले आफ्नै ब्यानर चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आइको ब्यानरमा निर्माण गरेका हुन् । विहिबार राजधानीमा आयोजित समारोहमा गीत लन्च गरियो ।

Share.

About Author

Leave A Reply