‘गेम अफ थ्रोन्स’ अभिनेत्री अमृता काठमाण्डूमा, भन्छिन् : स्क्रिप्ट मनपरे नेपाली फिल्म गर्छु

0

झन्डै १६ वर्षपछि हलिउडको एचबीओ सिरिज ‘गेम अफ थ्रोन्स’ अभिनेत्री अमृता आचारिया काठमाडौंमा छिन् । उनी क्रिसमस छेकोमा पितृभूमि नेपाल आइन् र एक कल्याणकारी काममा सक्रिय छिन् ।

बेलायतको छोराछोरी नाम सामाजिक संस्थालाई फन्ड जुटाउन उनी काठमाडौंमा आइपुगेकी हुन् । उनलाई ८० हजार पाउन्ड जम्मा गर्नूछ । महिला तथा बालिका हिंसाबिरुद्ध कोष खडा गर्न लागिएको हो ।

तस्विर : नेपाली टाइम्स

नेपालमा रहँदा अमृताले घान्द्रुक, बुटवल, भैरहवा र अर्घाखाँची घुम्नेछिन् । उनलाई आफ्ना पुर्खाको इतिहास उत्खनन गर्नूछ । नेपाली पिता र युक्रेनी आमाबाट उनी जन्मिएकी हुन् । नेपाली बोल्न त जान्दिनन् तर नेपाली सिक्ने रहर खुबै छ ।

तस्विर : नेपाली टाइम्स

इरी र गेम अफ थ्रोन्सले उनलाई विश्वमा प्रख्यात बनाए । नर्वेजियन क्राइम ड्रामा ‘एक्वीटेड’ उनको सफल सिरिज हो । नेपाली फिल्म अहिलेसम्म नहेरेपछि राम्रो स्क्रिप्ट पाए गर्ने मुडमा छिन् उनी ।

Share.

About Author

Leave A Reply