एडप्टेड फिल्म ‘समर लभ’ ट्रेलर रिलिज

0

नेपाली एडप्टेड फिल्म ‘समर लभ’को ट्रेलर रिलिज भएको छ । सोमबार राजधानीमा आयोजित प्रेसमिटमा रोमान्टिक फुटेज लन्च्ड गरियो ।

मुस्कान ढकाल निर्देशित फिल्म सुविन भट्टराई लिखित आख्यानबाट एडप्टेसन गरिएको हो । पटकथालाई सामिप्यराज तिमल्सिनाले लेखेका छन् । उक्त पुस्तक युवा पुस्ताबीच प्रिय रह्यो ।

सुरजसिंह ठकुरी, आशिष पिया, रेवती क्षेत्री, नम्रता सापकोटा लगायतको मुख्य भूमिका छ । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म माघ २५ गते रिलिज हुँदैछ ।

Share.

About Author

Leave A Reply