नाल्बोको ‘हृदय भरी’मा पल र श्रद्धा टाइटुलर

0

सुरज सुब्बा नाल्बो ‘रातो घर’पछि निर्देशनमा कमब्याक भएका छन् । उनले निर्देशन गर्ने फिल्म ‘हृदय भरी’को सोमबार राजधानीमा आयोजित समारोहमा घोषणा गरियो ।

प्रेसमिटमा फिल्मको लाइनअप सार्वजनिक गरियो । पल शाह, नीर शाह, सुनिल थापा, आकाश बाबु, निर्मल शर्मा लगायत मुख्य भूमिकामा छन् । भारतीय मूलकी नेपाली मोडल श्रद्धा क्षेत्री अभिनेत्रीको रुपमा डेब्यु गर्दैछिन् जहाँ उनलाई चिनाइयो ।

फिल्मलाई एन फिल्मस एन्ड क्रिएसन्, शाह प्रोडक्सन प्रालि र दीपेन्द्र फिल्मसले मिलेर निर्माण गर्दैछन् । उक्त अवसरमा फस्टलुक लन्च गरियो । फिल्ममा नाल्बोको पटकथा, बिपिन कार्की सम्पादन, मानकृष्ण महर्जनको छायांकन छ ।

फागुनको तेस्रो सातादेखि फिल्मांकन सुरु हुँदैछ । अभिनेता पल शाहले आफूलाई चकलेटी ब्वाइकै रुपमा दर्शकले पाउने बताए । डेब्यु गर्ल क्षेत्रीले पात्रले आफूलाई आकर्षित गरेको बताउँदै आफ्ना लागि डेब्युको उपयुक्त समय आएको बताइन् । ‘रातो घर’पछि निर्मातामध्येका एक निकेश लिम्बु र निर्देशक लिम्बुले ‘हृदय भरी’ निर्माणमा टीमअप गरेका हुन् ।

Share.

About Author

Leave A Reply