‘बुलबुल’ ट्रेलर : युरोपेली कथ्य विन्यासतर्फको यात्रा

0

‘बुलबुल’ ट्रेलर हेर्दा लाग्छ, हामी युरोपेली शैलीको कथ्य विन्यासतर्फ उन्मुख हुँदैछौं । नेपाली फिल्मको न्यारेसन संरचनासँग सँधै असहमत हुनेका लागि यो खुशिको कुरा हो ।

पात्र, मनोदशा, संघर्ष, सेटिङ, आञ्चलिकता र चरित्र चित्रणका हिसाबले बुलबुल ट्रेलर पछिल्लो समयको बलियो मध्येको एक हो । जसले दर्शकलाई पुरै फिल्म हेर्नका लागि मनोवैज्ञानिक बाध्यता तुल्याइदिएको छ ।

टेम्पो चालक एक महिलाको भूमिकामा चित्रित स्वस्तिमा खड्कालाई टु–एक्टसम्म ट्रेलरमा देखाइएको छ । मुकुन भुषाल समानान्तर भूमिकामा बलशाली छन् । प्रोटागोनिस्ट र डी–ट्वीटरागोनिस्टबीचको यो सम्बन्ध स्थापना ट्रेलरको सशक्तता हो ।

बुलबुल ट्रेलर यसको छायांकन र ध्वनी पक्षले समेत अब्बल छ । सेकेन्ड एक्ट सुरु भएसँगै क्यामेराको लय र गतिमा देखिने उतारचढाव सुन्दर लाग्छ । समग्रताका लागि निर्देशक र स्क्रिन राइटर विनोद पौडेल बधाईका पात्र छन् ।

फागुन ३ (१५ फेव्रुअरी) रिलिज मिति हो । अवेकन प्रोडक्सन ब्यानरमा फिल्म निर्माण भएको हो ।

Share.

About Author

Leave A Reply