शुभ लभ : शीर्ष गीतमा हरिहर–कृष्टिन फिचर्ड

0

फिल्म ‘शुभ लभ’को शीर्ष गीत लन्च भएको छ । बुधबार राजधानीमा आयोजित समारोहमा टाइटल गीत सार्वजनिक गरियो ।

डेब्यु ब्वाइ हरिहर अधिकारी र कृष्टिन पौडेल फिचर्ड गीत रोमान्टिक लाग्छ । अधिकारी ज्योतिष विधामा चर्चित नाम हो । निशान भट्टराई र मीना सिंहले स्वर भरेका छन् ।

अर्जुन पोखरेलको शब्द एवं संगीत रहेको गीतमा रामजी लामिछानेको नृत्य निर्देशन छ । आफ्नो वास्तविक जीवनमाथि फिल्म आधारित नभएको जानकारी अधिकारीले प्रेसमिटमा दिए ।

बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता प्रदीप उदय हुन् । सरोज खनाल, राजाराम पौडेल, राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बाँस्तोला, अनुज पाण्डेको समेत अभिनय छ ।

सन्तोष बाबु लोहनी निर्देशित फिल्म चैत १५ देखि रिलिज हुँदैछ ।

Share.

About Author

Leave A Reply