स्वस्तिमा डान्ससँगै ‘बुलबुल’ गीत लन्च

0

स्वस्तिमा खड्का शनिबार भृकुटीमण्डपमा नृत्य गरिरहेको बेला भेटिइन् । उनको ठुम्का हेर्न क्यान इन्फोटेक मेला हेर्न पुगेका दर्शक झुम्मिएका थिए । नृत्यमा उनलाई साथ दिए मुकुन भुषालले ।

निर्माताले ‘जाद्रै बस्यो’ बोलको गीत क्यान इन्फोटेक मेलामा सार्वजनिक गरे । टप टु बटम रातै आउटफिटमा स्टेजमा उत्रिएकी स्वस्तिमा आकर्षक देखिएकी थिइन् लन्च समारोहमा ।

उद्गम परियार र उदयराज पौडेलको संगीत रहेको गीतलाई रजिना रिमालले गाएकी छन् । मनिकला पौडेलको शब्द संयोजन र सुसन प्रजापतिको छायांकन छ ।

गीतमा स्वस्तिमा र मुकुनसँगै दीपक क्षेत्री समेत फिचर्ड छन् । आगामी फागुन ३ गते रिलिज हुने फिल्ममा निर्देशक विनोद पौडेलले महिला टेम्पु चालकको जीवनलाई उठाएका छन् ।

Share.

About Author

Leave A Reply