‘सयकडा दश’ दोस्रो सातामा, मुख्यमन्त्री पौडेलले रुचाए फिल्म

0

‘सयकडा दश’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । समिक्षात्मक कोणमा रुचाइएको फिल्मलाई अहिले कर्मचारी र उच्च पदस्थ कर्मचारीले हलै बुकिङ गरेर हेर्ने क्रम बढ्दो छ ।

३ नम्बर प्रदेशको राजधानी हेटौंडामा विहिबार मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्रीपरिषदका अन्य सदस्यसँगै बसेर फिल्म हेरे । कर्मचारी, सेना, प्रहरी, पत्रकारले उनलाई फिल्म हेर्न साथ दिए ।

समाज सुधारमा योगदान दिएकामा मुख्यमन्त्री पौडेलले निर्माता र टीमलाई बधाइ दिए । प्रदेश सांसद मुनु सिग्देल, सचिव आनन्दराज ढकाल, प्रदेश अख्तियार प्रमुख हुमकला पाण्डेले पनि युवालाई फिल्म हेर्न आग्रह गरे ।

फिल्मलाई बुधबार भरतपुरमा मेयर रेणु दाहाल लगायतले हेरेका थिए । त्यसअघि फिल्मलाई विहिबारै काठमाडौंमा बरिष्ठ हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले हेरे । उनीहरुले सयकडा दश भ्रष्टाचारविरुद्ध सशक्त उभिएको टिप्पणी गरे ।

रामशरण पाठक निर्देशित फिल्ममा अमृत ढुंगाना, करुणा श्रेष्ठ, मनोज गजुरेल, राजाराम पौडेल, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपाने, रस्मी भट्ट लगायतको मुख्य भूमिका छ । फिल्मलाई दर्शन नेपाल क्रिएसनले निर्माण गरेको हो ।

Share.

About Author

Leave A Reply