हलिउड स्टार जेट ली काठमाडौंमा !

0

हलिउड अभिनेता जेट ली अहिले सपरिवार नेपाल भ्रमणमा छन् । उनले मंगलबार काठमाडौंस्थित विभिन्न गुम्बाका बौद्ध भिक्षु भेटे । जारी तस्विरहरुमा ‘द एक्सपान्डेबल्स’ स्टारले बौद्ध स्तुपा घुमेको देख्न सकिन्छ ।

 

बौद्धस्थित शेरचन गुम्बाका यागी रिम्पोछेसँग भेटेर उनले बौद्ध दर्शनबारे कुराकानी गरे । भुटान भ्रमणपछि उनी नेपाल घुम्न आइपुगेका हुन् । उनले भुटानी राजपरिवारलाई भेटेका तस्विर पनि बाहिरिएका छन् ।

सन् १९८२ मा साओलिन टेम्पलबाट अभिनय यात्रा थालेका ली चीनमा जन्मिएपनि सिंगापुर नागरिक हुन् । मार्सल आर्ट्स एपिक फिल्महरुका कारण उनी विश्वभर चर्चित छन् ।

Share.

About Author

Leave A Reply