बिपिन कार्की स्टारर ‘परी उड्न देऊ’ निर्माण घोषणा

0

बिपिन कार्कीको पर्याय भनेको उनी इस्युमा आधारित फिल्मका एक्टर हुनु हो । उनकै मुख्य भूमिका रहने सोसल ड्रामा फिल्म ‘परी उड्न देऊ’ निर्माण हुने भएको छ ।

सोमबार राजधानीमा आयोजित समारोहमा निर्माताले फिल्म निर्माण घोषणा गरे । म्युजिक भिडियो सम्पादनमा चर्चित निशान कश्यप (घिमिरे)ले निर्देशकको रुपमा डेब्यु गर्दैछन् ।

बिपिनसहित म्युजिक भिडियो पृष्ठभूमिकी सृष्टि खड्का फिल्मका मुख्य एक्टर्ज हुन् । निर्देशक काश्यपले फिल्मले नेपाली समाजको आधा समस्याको रुपमा रहेको संवेदनशिल विषयलाई फिल्मले चित्रण गर्ने बताए । तर, उनले ‘संवेदनशिल विषय’ के हो, खुलाएनन् ।

बैशाख अन्त्यदेखि फिल्मांकन सुरु हुने प्रोजेक्ट काठमाडौं, चितवन र भारतको राजस्थानमा सुट हुने भएको छ । डेढ करोड बजेट बताइएको फिल्मबारे बोल्दै निर्माता रुपेशमान अमात्यले फिल्मको बजारीकरणबारे आफूहरु गम्भिर रहेको बताए ।

Share.

About Author

Leave A Reply