जब नेपालगञ्जमा उर्लियो स्टारडम : फोटो कथा

0

यस्तो लाग्छ, अंकगणित र अनमोल केसी यतिबेला एकअर्काका पर्याय छन् । बक्सअफिसमा पैसा छाप्ने यी हिरो यतिबेला आफ्नो पछिल्लो फिल्म ‘क्याप्टेन’ प्रवद्र्धनका लागि पश्चिमी सहर नेपालगञ्ज पुगे । प्रेषित तस्विरमा उनी प्रशंसकअगाडि सेल्फी खिच्दैछन् ।

प्रहरी सुरक्षासहित जुनियर केसीलाई जसै मंचमा उतारियो, तसै उनको समर्थनमा ब्यापक आवाज उर्लियो । उक्त आवाज नेपाली फिल्मका स्टारका लागि पोखिएको आवाज थियो । भीडले भन्यो : ‘वी वान्टु टु सी क्याप्टेन’ । भ्यालेन्टाइन डेको काउन्ट- डाउन भएर पनि होला, अनमोल क्रेज लाउड भएको ।

नेपालगञ्ज खजुरामा आयोजित प्रथम प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि प्रविधि, ब्यापार एवं पर्यटक महोत्सवमा भाग लिन केसी त्यहाँ पुगेका थिए । फागुन १७ गते रिलिज हुने स्पोर्टस् ड्रामा क्याप्टेनलाई लिएर दर्शकले अनमोललाई प्रश्न पनि सोधे ।

अनमोल पनि के कम् ? उनले चार्टबस्टरमा हिट गीत ‘रहर छ सँगै’ बोलको गीतमा स्टेप नापे । फिल्मका रोमान्टिक डायलग सुनाए । उमेर ढल्किएकाले अनमोलमा भुवन केसीको चित्र देखे । अनमोल लगत्तै काठमाडौं फर्किएर फिल्म पब्लिसिटीमा जुट्नेछन् ।

Share.

About Author

Leave A Reply