यात्रा ट्राभल ब्लग : पहिलो गीत ‘पाँच पंक्षी’ लन्च

0

नयाँ वर्ष २०७६ मा रिलिज हुने फिल्म ‘यात्रा: अ म्युजिकल भ्लग’को पहिलो गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘पाँच पन्छी..’ बोलको गीतमा सलिनमान बनियाँ, मल्लिका महत, प्रेक्षा बज्राचार्य, जान्वी बस्नेत, रेयर राई लयायतका कलाकारलाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतले यात्रा गरिरहेका यात्रीको माहोललाई देखाएको छ ।

प्रतिक पौडेलको शब्द तथा संगीत रहेको गीतमा मेलिना राई, धर्मेन्द सेवान, प्रेक्षा बज्राचार्य, उपकार पाण्डेको स्वर छ । भने सार्वजनिक गीतमा प्रविण सिंहको कोरियोग्राफी हेर्न पाइने छ । फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका हुन् ।

यात्राको क्रममा आउने उतार चढावको कथामा निर्माण भएको फिल्म कथा निर्देशक शाक्यले तयार पारेका हुन् । यसलाई पटकथा तथा संवादमा निर्देशक शाक्यसँगै सुरेश न्यौपाने, प्रतिक पौडेल र शिशिर खातीले ढालेका हुन् ।

सलिनमान बनियाँ, मल्लिका महत, सलोन बस्नेत, जान्वी बस्नेत, जय नन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, इश्वर पौडेल, नानीकाजी डंगोल, राजेश बिसुराल, इश्वर पौडेल, बिशाल पहाडी, प्रजोल भट्टराई, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतका कलाकारको अभिनय छ ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता केशव भट्टराई र चिज कुमार श्रेष्ठ हुन् ।

Share.

About Author

Leave A Reply