नेपालीको डिजाइनमा आलिया भाट : फोटो कथा

0

आलिया भाट र रणवीर कपुर आगामी साता रिलिज हुने फिल्म ‘गली ब्वाइ’को प्रिमियरलाई जर्मनीमा छन् । सोमबार बर्लिन फिल्म फेस्टिभलमा यी दुई स्टारर फिल्म प्रिमियर भयो ।

हलिउड रिपोर्टरले फिल्मलाई उत्कृष्ट भन्दै आलिया र रणवीरको अभिनयलाई प्रशंसा गरेको छ । त्यो भन्दा बढी प्रशंसा आलियाले बर्लिन रेडकार्पेटमा लगाएको पहिरनबाट बटुलिन् ।

हलिउडका नेपाली फेसन डिजाइन प्रबल गुरुङको डिजाइन लगाएकी उनले धेरैलाई आकर्षित तुल्याइन् । गुरुङको नियोन सिल्क गाउन उनले लगाएकी थिइन् । यी तस्विर प्रबलले उपलब्ध गराएका हुन् ।

आलिया र गुरुङ एकदमै मिल्ने साथी पनि हुन् ।

Share.

About Author

Leave A Reply