फिल्म ‘द होल टाइमर्स’ घोषणा, निर्माताद्धारा कास्टिङ कल

0

दशक लामो माओवादी सशष्त्र द्धन्द्धमाथि फिल्म ‘द होल टाइमर्स’ निर्माण घोषणा भएको छ । ‘नाका’ फिल्म निर्माता कम्पनी मिडिया पोर्टले फिल्म घोषणा गर्दै कास्टिङ कल गरेको छ ।

यसअघि ‘डम्बरे डेन्ड्राइट’ र ‘दाद्या’जस्ता चर्चित डकुमेन्ट्री निर्देशन गरेर फेस्टिभल वृत्तमा चर्चा बटुलेका विभिषण बस्नेत र पूजा गुरुङले फिल्म निर्देशन गर्दैछन् ।

मिडिया पोर्टले एक विज्ञप्ती जारी गर्दै भेरी, कर्णाली, सेती र महाकाली अञ्चलमा चाँडै फिल्म छायांकन हुने जनाएको छ । उसले मुख्य पात्रका लागि कास्टिङ कल गरेको छ जुन तपाईंले तस्विरमा हेर्न सक्नुहुन्छ ।

फिल्म लेखनकै बेला यसले सीएनसी प्रोडक्सन एड नामक फिल्म फन्ड जितेको थियो । ‘एउटा युवा माओवादी लडाकुको आँखाबाट भनिएको द्धन्द्धको कथा हुनेछ यो’ विज्ञप्तीमा उल्लेख छ ।

फिल्म निर्माणमा मिडिया पोर्टसँग फ्रान्सेली कम्पनी लेस फिल्मस डे टम्बरले सहकार्य गरेको छ । निर्देशकद्धय गुरुङ र बस्नेतको यो डेब्यु फिचर फिल्म हुनेछ । मिडिया पोर्टको अघिल्लो फिल्म ‘नाका’लाई समिक्षकले निकै रुचाएका थिए ।

Share.

About Author

Leave A Reply