मनोज पण्डित निर्देशित ‘खाग’ रिलिज डेट घोषणा

0

मनोज पण्डित निर्देशित फिल्म ‘खाग’ले रिलिज मिति तय गरेको छ । फागुन २४ गते फिल्म देशव्यापी प्रदर्शन हुने भएको छ ।

कमलजंग कुवँर लिखित ‘गैंडालाई चारवर्ष’ पुस्तकमा आधारित फिल्मले गैंडा संरक्षणका लागि मुख्य पात्रले गर्ने संघर्ष चित्रण गरिएको छ । ‘लुट’ अभिनेता प्रवीण खतिवडा मुख्य पात्रमा छन् ।

उनले चितवन राष्ट्रिय निकुञ्जको वार्डेनको भूमिका निर्वाह गरेका छन् । निर्माताले यस फिल्मले गैंडाको तस्करीविरुद्ध आवाज उठाउने बताउँछन् । प्रमिला कुवँरले निर्माण गरेको फिल्मलाई स्टेसन फाइभले वितरण गर्दैछ ।

ग्रेटर नेपाल, दासढुंगा, बधशाला र छायाँ निर्देशक पण्डितको यो अर्को फिचर हो । एसआरएफ प्रोडक्सन ब्यानरमा फिल्म निर्माण भएको हो । केही दिनमै ट्रेलर रिलिज तयारीमा छन् निर्माता जुटेका छन् ।

Share.

About Author

Leave A Reply