पैसा अंकको खेल हो, ट्रेन्डसेटर फिल्म गर्न चाहन्छु : अनमोल केसी

0

अभिनेता अनमोल केसीले दुई कुराको खण्डन गरेका छन् । पहिलो : पैसाको पछि लागेको आरोप र दोस्रो : आफू स्टार भएको छ । मूभिमान्डुसँग कुरा गर्दै उनले आरोप र अभिव्यक्तिको खण्डन गरे ।

उनले आफ्ना लागि पैसाले अर्थ नराख्ने बताए । ‘पैसा भनेको केवल अंकको खेल हो । मेरो करियरमा पैसाले अर्थ राख्दैन । बरु, म ट्रेन्डसेटर बन्न चाहन्छु । मृत्युपर्यन्त पनि चर्चा होस्’ उनले भने ।

पैसाको पछि लागेको भए ‘छक्का पञ्जा’जस्ता फिल्म गर्ने तर, आफ्ना लागि विषयगत फिल्म महत्वपूर्ण भएको केसीको भनाई थियो । ‘म अहिले ट्रेन्डसेटर फिल्ममै केन्द्रित छु । बक्सअफिसको पैसा लागेको छैन’ उनले भने, ‘म ल्यान्डमार्क फिल्म गर्न चाहन्छु ।’

अर्को एक प्रश्नमा उनले आफूलाई स्टार भन्ने कुराको खण्डन गरे । ‘म पात्र बन्न चाहन्छु र त्यसैमा डुब्न’ उनले भने, ‘बरु हिरो भने, देशका लागि केही सन्देश डेलिभर गर्न चाहन्छु ।’ अनमोलसँगको विस्तृत कुराकानी तपाईं मूभिमान्डुको अंग्रेजी संस्करणमा (CLICK) हेर्न सक्नुहुन्छ ।

केसी फागुन १७ गते रिलिज हुने फिल्म ‘क्याप्टेन’को सन्दर्भमा कुरा गर्दै थिए ।

Share.

About Author

Leave A Reply