‘पुरानो बुलेट’ ट्रेलर : माला कमब्याक, अनुप हिरोपन्थी

0

अनुपविक्रम शाही स्टारर ‘पुरानो बुलेट’ ट्रेलर आउट भएको छ । आइतबार राजधानीमा आयोजित प्रेसमिटमा निर्माताले एक्सन–रोमान्टिक ट्रेलर इन्टरनेट रिलिज गरे ।

नेपाल रिलिज अगाडि विदेशबाटै सुखद समिक्षा बटुलेको फिल्ममा माला लिम्बु र वर्षा शिवाकोटी समेत मुख्य भूमिकामा छन् । ट्रेलरले केही प्लट समेत आउट गरेको जसअनुसार यसमा प्रेमको त्रिकोण देख्न सकिन्छ ।

शाही यसमा सकारात्मक पात्रको भूमिकामा छन् । लामो समयपछि माला रजतपटमा कमब्याक भएकी छन् । चैत १ गते रिलिज लक्ष्य राखिएको फिल्मलाई संचारकर्मी समेत रहेको डेब्यु ब्वाइ भीषण राईले निर्देशन गरेका छन् ।

Share.

About Author

Leave A Reply