मनोज पण्डित निर्देशित ‘खाग’ ट्रेलर रिलिज

0

मनोज पण्डित निर्देशित फिल्म ‘खाग’ले अफिसियल ट्रेलर रिलिज गरेको छ । सोमबार राजधानीमा आयोजित प्रेसमिटमा सार्वजनिक गरिएको ट्रेलरले गैंडा संरक्षणका लागि भएको प्रयासको कथा भन्छ ।

‘कथा सरल छ । सरल शैलीमा कथा भनेको छु । ठूलो छैन यसबाट तर, यसले एउटा मान्छेको संघर्षको कथा लक्षित समूहलाई भन्छ’ निर्देशक पण्डितले भने, ‘रिलिजको समय छोटो भएपनि लक्षित दर्शकसामु पुग्ने विश्वास लिएका छौं ।’

उनले फिल्म आफैमा सशक्त बन्नुपर्ने बताउँदै बजारीकरणभन्दा कन्टेन्टको शक्तिमा विश्वास गर्ने बताए । ‘क्राफ्ट बलियो हुनुपर्छ’ उनले भने, ‘हामीसँग स्टार छैनन् तर, कन्टेन्टमा हामी विश्वस्त छौं ।’

फिल्ममा प्रवीण खतिवडाको मुख्य भूमिका छ । ‘लुट’ एक्टर ‘खाग’मा एक्सन भूमिकामा देखिएका छन् । ट्रेलरमा गैंडा तस्करविरुद्ध उनले गर्ने संघर्ष चित्रण गरिएको छ । कमलजंग कुवँर लिखित पुस्तक गैंडालाई चारवर्ष पुस्तकमाथि फिल्म आधारित छ ।

निर्देशक पण्डित, पुस्कर गुरुङ, अशान्त शर्मा समेत मुख्य भूमिकामा छन् । प्रेसमिटमा पोस्टर समेत लन्च गरियो । इ–सेवाले फिल्म रिभ्यू कन्टेस्ट पनि आयोजना गरेको छ । प्रथमलाई १० हजार, द्धितियलाई ५ र तृतीयलाई २५ सय रुपैयाँ प्रदान गरिने भएको छ ।

प्रमिला कुवँरले निर्माण गरेको फिल्म २४ फागुनमा प्रदर्शन हुँदैछ ।

Share.

About Author

Leave A Reply