‘कागजपत्र’ ट्रेलर लन्च : अब्रोड स्टडीमाथि ‘सिनेम्याटिक’ प्रहार

0

‘अब्रोड स्टडी’ नेपाली समाजको फेसन बनिसक्यो । वैदेशिक अध्ययनको नाममा हाडनाता पर्नेसँगै विहे गर्ने, विदेश गैसकेपछि अलपत्र पर्ने लगायतका मिडिया हेडलाइन सामान्य लाग्छन् । फिल्म ‘कागजपत्र’को ट्रेलर हेर्दा लाग्छ, नेपाली समाजको सम्बन्ध संकटमा छ ।

‘दासढुंगा’ र ‘झुम्की’ फेम्ड अपिल विष्ट निर्देशित दोस्रो फिचर ‘कागजपत्र’ले नेपाली समाजको डार्क पाटोको कथा भन्छ । ‘वैदेशिक अध्ययनको नाममा हुने विकृतिलाई चित्रण गरेका छौं’ निर्देशक विष्टले भने, ‘हामीले यसविरुद्ध सकारात्मक सन्देश दिने प्रयत्न गरेका छौं ।’

उनले विदेश अध्ययन परामर्शका लागि खुलेका संस्था पनि यसबारे जिम्मेवार रहेको बताए ।

अभिनेता नाजिर हुसेनले आफू फिल्ममा जग्गा दलालको रुपमा रहेको खुलाए । ‘यसका लागि मैले काठमाडौं, भक्तपुर र ललितपुरका तीन ठाउँ पुगेर वास्तविक दलाल भेटेँ र बुझेँ’ उनले भने, ‘यसले मलाई पात्रमा डुब्न सजिलो बनाइदियो ।’

फिल्मको मुख्य भूमिकामा भोलाराज सापकोटा, शिल्पा मास्के, सरिता गिरी लगायत छन् । आगामी चैत ८ गते फिल्म रिलिज हुँदैछ ।

Share.

About Author

Leave A Reply